पत्रकारको ज्याकेट लगाइ प्रहरीलाई ढुंगा हान्ने पक्राउ


२०७७ भदौ १९ - पाेखरा - हिजाे बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीयहरू र प्रहरीसँगको झडपकाे क्रममा पत्रकारको ज्याकेट लगाइ प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

साे युबकले प्रेस लेखेको ज्याकेट लगाइ हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हानेका थिए । ढुंगा हान्ने महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जनलाइ शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन । नेपाल प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ । काेराेना संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनी मत्स्येन्द्रनाथको रथ यात्रा मा स्थानियहरू सारिक भएपछी प्रहरीले राेक्दा झडप भएकाे थियाे ।