मगर संसार राहतकोषबाट दुबै मृगौला रोगी गोरखाका ज्ञान मगरलाई रू.२०,०००/- सहयोग प्रदान



२०७७ अशाेज २   -  मगर संसार(Magar sansar) photo gallery ग्रुप पेजले स्थापना गरेको #मगर_संसार_राहतकोष बाट शहिद लखन गाउपालिका वडा नं. २  गाेरखाका दुवै मृगौला पिडित ३५ वर्षिय #ज्ञानबहादुर थापा मगर लाई रू.२०,०००/- रुपिया बिहिबार २०७७ असोज १ गते हस्तात्रण गरिएकाे छ । 


साे सहयाेग रकम भरतपुर अस्पतालमा मगर संसारका एडमिन सदस्य  लक्ष्मी थापा मगर र मगर संसारमा खेलाईएको मौलिक एकल लोक गायन प्रतियोगिता २०७७ की बिजेता/ कुशल संचारकर्मी मुना लम्तरी मगर ले बाट सहयोग रकम बिरामिलाई हस्तान्तरण गर्नुभएकाे हाे ।