अर्थमन्त्री खतिवडाले दिए राजीनामा


२०७७ भदौ - १९ - काठमाडौ - अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन । अर्थमन्त्री खतिवडाले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा बुझाएका हुन । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा लामो समय मन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था अनुसार खतिवडाले राजीनामा गरेका हुन । गएकाे फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिए पछि खतिवडाले २०७६ फागुन २१ गते मन्त्रीको रूपमा दोस्रो पटक शपथ लिएका थिए ।

खतिवडाको राजीनामासँगै अर्थ र सञ्चार मन्त्रालय रिक्त भएको छ । गोकुल बाँस्कोटाले राजीनामा गरेपछि सरकारको प्रवक्ताको भूमिका पनि खतिवडाले निभाएका थिए । दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा खतिवडाले आफूले गरेका कामबारे जानकारी सहित बिदाइ मन्तव्य दिएका थिए ।