धरहराको १४ अाै तलाको काम सकियो


२०७७ भदाै २५ काठमाण्डाै - भुकम्प बाट क्षतिग्रस्त धरहराको पुन निमार्ण कार्य चौधौँ तलाको काम सकिएको छ । चौधौँ तलाको (सियर वाल) अर्थात् गोलो गाराेकाे ढलान भने गएको शनिबार सकिएको थियो । देशव्यापी रुपमा लगाइएकाे लकडाउन हटेपछि धरहरामा धमाधम काम भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौधौँ तलाको भुइँ ढलानको काम बिहीबार सकिएको जनाएको छ । धरहरा २२ तलाको हुनेछ ।

बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणले जनाएकाे छ । गत २०७२ साल वैशाख १२ गतेको बिनाशकारी भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको ३ वर्षपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो ।