पेट्रोलको मूल्य फेरी बढ्यो


२०७७ भदाै १७ - नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरी बढाएको छ । निगमले मंगलबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोलको मूल्यमा बृद्धि गरेको छ । मूल्य बढेसँगै पेट्राेलकाे नया मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ। जस अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य वृद्धि भएकाे छ छ । पेट्रोलकाे मुल्य बढेपनी मट्टीतेल, डिजेल, एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत नै रहेकाे नेपाल अायल निगमले जनाएकाे छ ।