नेपालमा शनिबार १०४१ जनामा संक्रमण पुष्टि । भारतमा एकदिन संक्रमण मामलामा रेकर्ड


२०७७ भदाै २० - नेपालमा पछिल्लाे २४ घण्टामा थप १०४१ जनामा को'रोना' संक्रम'ण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाले ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा को'रो'ना संक्र'मण पुष्टि भएको जनाएकाे हाे । याे सँगै नेपालभर हालसम्म कुल संकमण मामला ४५ हजार २७७ पुगेको छ । हाल सम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेकाे छ भने देशभर सक्रिय संक्र'मितको संख्या १७ हजार ८७० रहेको छ ।

हाल सम्म नेपालमा २८० जनाकाे ज्यान गएकाे छ । यसै गरी छिमेकी मुलुक भारतमा अाज रेकडर् ब्रेक संकमण पाइएकाे छ । बिगत केही दिन यता दैनिक ८० हजार बढी मामला अाइरहेकाे भारतमा शनिवार एकै दिन ८६,४३२ संक'मण मामला अाएकाे हाे । बिश्व स्वास्थ्य संगठनका अनुसार भारतमा ४,०२३,१७९ (चालिस लाख बढी) संकम्रण पुगेकाे छ । यही गतिमा संकमण मामला देखिए ब्राजिललाइ उछिन्दै बिश्व संक्रमण मामलामा भाेली सम्ममा दाेस्राे स्थानमा उक्लन सक्ने सम्भावना छ । ब्राजिलमा ४,०४१,६३८ मामला रहेकाे छ भने ६,०९५,००७ संक्रमण सहित अमेरिका सबैभन्दा काे'राे'ना प्रभाबित देश रहेकाे छ ।