किन घट्दैछ नेपालमा ब्रोइलर कुखुराको मासुकाे मूल्य ?


२०७७ असाेज २५ - नेपालमा धुमधाम संग मनाइने चाडपर्वहरू नजिकिए सँगै बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर गिरावट हुन थालेको छ । लकडाउन अगाडी सम्म नेपालमा काटेकाे ४०० अासपास मुल्य रहेकाे मासुकाे हाल बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी २२० देखि २४० सम्म बिक्री भइरहेको छ भने जिउँदो कुखुरा प्रतिकेजी १८० मा बिक्री भइरहेको छ । नेपालमा लामो समयको बन्दाबन्दीमा कुखुरा पालन व्यवसायीहरूले धेरै कुखुरा उत्पादन गरेको हुनाले अहिले बजारमा मासुको मूल्य घटेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिएका छन ।

उत्पादन बढी र खपत कम भएका कारण बजारमा कुखुराको मूल्य घटेकाे उनले बताए । सामान्य अवस्थामा नेपालभर झण्डै ८ लाख केजीको हाराहारीमा मासु खपत भएपनी अहिले करिब ४ लाख केजी मात्रै खपत भइरहेको छ । उसाे त जारी लकडाउका कारण नेपालमा रहकेा धेरै नेपालीहरूकाे अार्थिक अबस्थामा समेत कमजाेर बनेकाे छ ।