स्याङ्जामा प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य


२०७७ असोज ३० - स्थानीय प्रशासनले स्याङ्जा जिल्ला प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । कोरोनाको उच्च जोखिम भएका थानबाट आउने व्यक्तिहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्वारा बुधबार जारी आदेशमा उल्लेख छ । यो नियम असोज १ गतेदेखि लागू गर्ने प्रशासनले जनाएको छ ।