ऐतिहासिक रानीपोखरीको उद्घाटन कार्तिक ५ गते हुने


२०७७ कार्तिक ४ - काठमाडाै - गत २०७२ सालको बिनाशकारी भुकम्पका कारण क्षति भएकाे पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन अाउदाे कार्तिक ५ गते हुने भएको छ । रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले बुधबारको दिन दिउसो १२ बजे गर्ने तयारी भएकाे सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयाे छ । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास समेत गर्नुभएको थियो । गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

पहिलेकै स्वरूपमा रानीपोखरीकाे पुननिर्माण भई उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुननिर्माण प्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुनेपनि मन्त्री श्रेष्ठले बताउनुभयो । तात्कािलन १८९० को भूकम्पमा समेत रानीपाेखरीकाे मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर स्ंस्कृति मेटाउदै रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।